इन्द्रसरोबरमा घेदुङको गाउ कमिटी गठन, १५ सदस्यीय नया कार्यसमिति चयन
हेटौडा (इन्द्रसरोबर) – नेपाल तामाङ घेदुङ इन्द्रसरोबर गाउपालिकाको प्रथम भेला शुक्रबार सकिएको छ । इन्द्रसरोबर गाउपालिकाको सभाहलमा भएको भेलाले १५ सदस्यीय नया कमिटी गठन गरेको छ । गाउपालिका कमिटीको अध्यक्षमा बिर्जु पदम तामाङलाइ सर्बसम्मत चयन गरिएको छ ।
त्यस्तै, उपाध्यक्षमा धिरज बल लामा, महिला उपाध्यक्षमा निर्मला ब्लोन रुम्बा, सचिबमा बुद्ध थिङ्, कोषाध्यक्ष राजु लामा, सहसचिबमा बसन्ती स्याङ्तान, लगायतका रहेका छन् । त्यस्तै गरि, सदस्यहरुमा बिरेन्द्र गोले, प्रेम पाख्रिन, सुरज घिसिङ, प्रताप घिसिङ, सानुकान्छा मोक्तान, कुमार बल, बलराम थिङ, इमान सिं लो, मनकुमारी मोक्तान लगायत चयन भएका छन् ।

स्थानीय बुद्धिजीवी बुद्धिमान स्याङ्तानको सभाध्यक्षमा भएको भेलामा नेपाल तामाङ घेदुङको संघीय सदस्य सुनिल मोक्तानको प्रमुख आतिथ्यतामा भएको थियो ।
भेलामा घेदुङको जिल्ला अध्यक्ष लिलाकुमार घलान, इन्द्रसरोबर गाउपलिकाको उपाध्यक्ष उमाकुमारी लामा घेदुङको सचिब आत्माराम मोक्तान, पुर्ब जिल्ला सदस्य गौतमबुद्ध लामा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।







