टासि हिसे गुम्बाको अध्यक्षमा कालु घलान चयन

तामसालिङ खबर
२५ जेष्ठ २०७६, शनिबार २१:५३

हेटौँडा – मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ स्वयम्भु डाँडामा अवस्थित टासिहिसे गुम्बाको अध्यक्षमा कालु घलान सर्वसम्मत चयन भएका छन् । नेपाल तामाङ घेदुङ मकवानपुरका उपाध्यक्ष समेत रहेका घलान शनिबार भएको छैँठौँ वार्षिक साधारण भेलाबाट अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै समितिको उपाध्यक्षमा दुर्गा बोम्जन, सचिवमा सुवाश लामा, कोषाध्यक्षमा शान्तमाया थिङ र सहसचिवमा रामबहादुर नेगी चयन भएका छन् । समितिका सदस्यहरुमा सुकबहादुर (रिन्छेन), जुनुमाया पाख्रिन, मानबहादुर वाईबा, पासाङ डोल्मा भोम्जन, राधेश्याम जिम्बा, सविन मोक्तान र स्याम्फुल लामा चयन भएका छन् । गुम्बाको प्रमुख लामामा सोनाम लामा तथा कानुनी सल्लाहकारमा अधिवक्ता अमृतकुमार लामा चयन भएका छन् ।

समितिको सल्लाहकारहरुमा सानुमाया श्रेष्ठ, नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष लिलाकुमार घलान, घेदुङका सचिव आत्माराम मोक्तान, तेजबहादुर लामा, काजिमान तितुङ, भवसागर श्रेष्ठ र कृष्णबहादुर गोले चयन भएका छन् ।

कार्यक्रम अध्यक्ष कालु घलानको सभाध्यक्षता तथा घेदुङका जिल्ला अध्यक्ष लिलाकुमार घलानको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा टुल्कु लामा छुल्ठिमको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै कानुनी सल्लाहकार अमृत कुमार लामा, ह्याङ्ला तामाङ समाजका अध्यक्ष आत्माराम मोक्तान, तामाङ दुःख निवारण गुठीका अध्यक्ष लक्ष्मीभक्त घिसिङ, वनस्खण्डी पारस्परिक गुठीका अध्यक्ष मानबहादुर लामा, भुटनदेवी युवा क्लबका अध्यक्ष सविन मोक्तान, ताम्सालिङ खबर डटकमका सञ्चालक एवम पत्रकार दिलबहादुर लामा, प्रमुख लामा सोनाम लामा लगायतको आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा कल्पना लामा र शान्तकुमारी थिङले सहजीकरण गरेका थिए । भेलामा समितिका उपाध्यक्ष काजिमान तितुङले स्वागत मन्तव्य राखेका थिए भने आत्माराम मोक्तान, लक्ष्मीभक्त घिसिङ, भवसागर श्रेष्ठ, टुल्कु लामा छुल्ठिम, लिलाकुमार घलान लगायतले मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*