तामाङ घेदुङ भीमफेदी गाउपालिकाको अध्यक्षमा अमृत बल चयन

तामसालिङ खबर
१४ जेष्ठ २०७६, मंगलवार १८:३८

हेटौडा (भीमफेदी) – नेपाल तामाङ घेदुङ भीमफेदी गाउपालिका कमिटि गठन गरेको छ । मंगलबार भीमफेदी गाउपालिका वडा नम्बर २ भैसेमा भएको प्रथम भेलाबाट अमृत बलको अध्यक्षतामा १७ सदस्यीय नया कार्यसमिती चयन गरिएको हो ।

कमिटिको उपाध्यक्षमा देवलाल गोले, महिला उपाध्यक्षमा सिता घलान, सचिबमा सनतकुमार घिसिङ, कोषाध्यक्ष शिवराज रुम्बा, सहसचिबमा कल्पना पाख्रिन रहेका छन् ।

त्यस्तै सदस्यहरुमा साइलीमाया तितुङ, पुस्पलाल बज्यु, भारत पाख्रिन, प्रदिप वाइबा, श्यामकाजी घलान, बिकास स्याङ्तान, भरत रुम्बा लगायतको चयन भएका छन् । बाकी ४ जना सदस्य पहिलो पहिलो बैठकबाट मनोनित गरिने बताएको छ । नेपाल तामाङ घेदुङको संघीय सदस्य सुनिल मोक्तानको प्रमुख आतिथ्यतामा भएको गाउपालिका भेलामा देबलाल गोलेको सभापतित्वमा भएको हो ।

भीमफेदी गाउपालिकाको अध्यक्ष हिदम लामा, जिल्ला घेदुङको अध्यक्ष लिलाकुमार घलान, सचिव आत्माराम माेक्तान,जिल्ला घेदुङको पूर्वसदस्य गाैतमबुद्ध लामा, वडा नम्बर तिनको वडाअध्यक्ष प्रितिलाल तितुङ, वडा नम्बर चारको वडा अध्यक्ष जारसिङ लामा, वडा नम्बर २ को वडा अध्यक्ष काशिराम बज्यु लगायतले मन्तब्य ब्यक्त गरेका थिए । भेला पंचमाया स्याङतानले संचालन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*