मकवानपुरको चार वटा गाउपालिकामा घेदुङको भेला हुदै, असारमा जिल्ला अधिबेशन हुने
हेटौडा – नेपाल तामाङ घेदुङ संघीय कार्यालयको सर्कुलर अनुसार प्रदेश तह र संघीय महाधिबेशनको तयारीको क्रममा स्थानीय तहको गाउ/ नगर र जिल्ला समन्वय समितिको अधिबेशन गर्न निर्देशन गरे अनुसार शुक्रबार नेपाल तामाङ् घेदुङ जिल्ला कमिटी मकवानपुरको सचिबालय बैठकले मकवानपुरको बाकी रहेको ४ वटा गाउपालिकामा घेदुङको गाउ भेला गराउने भएको छ ।
मकवानपुरको १० वटा स्थानीय तह मध्ये बाकी रहेको ४ वटा गाउपालिकामा घेदुङको गाउपालिका कमिटी गठन गर्न लागिएको छ । जेष्ठ १३ गते इन्द्रसरोबर गाउपालिकाको खानीखेतमा, १४ गते भीमफेदी गाउपालिकाको भैसेमा, १५ गते कैलाश गाउपालिकाको कालिकाटार र जेष्ठ १६ गते राक्सीराङ गाउपालिकाको सरिखेत पलासेमा गाउ भेला गराउने निर्णय गरिएको छ ।
मकवानपुरको नगरपालिका र गाउपालिकामा घेदुङको गठन प्रक्रिया पुरा हुने लगतै स्थानीय तह समेटी जिल्ला भेला गराई असारको पहिलो हप्ता भित्र जिल्ला अधिबेशन गरिने जिल्ला अध्यक्ष लिलाकुमार घलानले बताउनुभयो । गत फाल्गुनमा एक महिने जागरण अभियानको बेला ४ वटा गाउपालिका ,एक उपमहानगरपालिका र नगरपालिकामा घेदुङ गठन गरिसकेको थियो ।
बैठकमा घेदुङ संघीय सदस्य सुनिल मोक्तान, जिल्ला सचिब आत्माराम मोक्तान, सदस्यहरु पल्साङ लामा, दिलबहादुर लामा, घेदुङ्को हेटौडा नगर अध्यक्ष भिमलाल सिन्तान, नगर सदस्य सिर्जना लामा लगायतको उपस्थिति रहेको थियो ।






