अन्तराष्ट्रिय तामाङ चलचित्र महोत्सव प्रति तामाङ चलचित्र संघको ध्यानाकर्षण

काठमाडौं । आगामी बैशाखमा २६ र २७ गते हुन लागेको अन्तराष्ट्रिय तामाङ चलचित्र महोत्सव प्रति तामाङ चलचित्र संघले ध्यानाकर्षण जनाएको छ । आइतबार तामाङ भवनमा भएको पत्रकार सम्मेलनबाट अन्तराष्ट्रिय तामाङ चलचित्र महोत्सवले तामाङ कलाकर्मीहरुको हित विपरित काम गरेको बताउदै आपत्ती जनाएको हो ।
तामाङ चलचित्र संघ, आदिवासी जनजाती चलचित्र संघ तथा चलचित्र विकास बोर्डको अनुमती वेगर कुनै पनि चलचित्र महोत्सव आयोजना गर्न नमिल्ने प्रावधान हुँदा-हुँदै पनि तामाङ आवाज, सेलो फाउण्डेशन र एस.सी.आर.सीको संयुक्त आयोजनामा हुने महोत्सव बैधानिकता नभएको अध्यक्ष थोकरले बताउनुभयो ।
अध्यक्ष थोकरका अनुसार महोत्सव गर्नु राम्रो कुरा हो तर तामाङ चलचित्रका सवालमा भने नेपाल भन्दा बाहिर हाल सम्म चलचित्र निर्माण भएको आधिकारीक डाटा छैन अन्तराष्ट्रिय तामाङ चलचित्र महोत्सवको नाममा तामाङ कलाकारहरु लगायत चलचित्र निर्माणपक्षलाई अलमलाउने काम गर्दै कमाउने गिरोह सक्रिय भएको उहाँको आरोप छ । अन्तराष्ट्रिय तामाङ चलचित्र महोत्सव भ्रम मात्र भएको संघका महासचिव जयन कुमार मोक्तानले बताउनुभयो ।
यता, अन्तराष्ट्रिय तामाङ चलचित्र महोत्सवको अध्यक्ष बिगेन्द्र वाइबाले भने, ‘ हामी कसैको सिन्डिकेटमा छैनौ हामी एक स्वतन्त्र सस्था हो, नेपाल सरकारमा दर्ता भएको तिन वटा सस्थाको संयुक्त आयोजनामा महोत्सब गर्न थालेका छौ ।
तामाङ चलचित्रमा अहिले जुन अवस्थामा गुज्रीरहेका छ । त्यस धरलाइ परिबर्तन गराउदै सामाजिक सास्कृतिक पहिचानलाइ बढाउनको लागि गैरनाफामा रही अन्तराष्ट्रिय तामाङ चलचित्र महोत्सव हुने बताए ।
चैत २९ गते शुक्रबार देखि हुने तेस्रो तामाङ महोत्सबलाइ कुनै असर हुदैन, महोसब सफल बनाउन साथ सहयोग गर्छौ, यो अबधिमा ‘अन्तराष्ट्रिय तामाङ चलचित्र महोत्सव’ को कुनै पर्चा पम्प्लेट सामग्री प्रचारप्रसारमा ल्याउदैनौ । हामीले चलचित्र संघलाइ बाराम्बार भन्दै आए, तर उहाहरुले हाम्रो कुरा सुन्न खोज्नु भएन । महोत्सबको अध्यक्ष वाईबाले भने ।
तामाङ चलचित्र संघ अन्तराष्ट्रिय तामाङ चलचित्र महोत्सवको आधिकारिक एसोसियट सस्थाको रुपमा राखेका छौ । हलमा बसेर हेर्ने २ घण्टाको फिचर चलचित्रलाई मात्र चलचित्र भनिदैन, आधा घण्टा, पैतालिस मिनेट चाहे दश मिनेटको छोटो फिल्म नै किन नहोस सबैको सारको रुपमा चलचित्र नै भनेर भन्छौ ।
महोत्सबको अध्यक्ष वाईबाले भने । अहिले सम्म नेपालमा कतिवटा तामाङ चलचित्र बने सघको महासचिब जयनकुमर मोक्तानलाइ विवरण माग्दा कुनै प्रतिक्रिया नदिएको उनको आरोप छ ।
तामाङ समुदायको मौलिक प्रबर्द्धनमा स्वर्ण इतिहास निर्माण गर्दै एवं रीतले भावीपिँढीलाई साँस्कृतिक ज्ञान हस्तान्तरणमा सघाउने उद्येश्यले गर्न लागेको कार्यमा तामाङ चलचित्र संघको असन्तुष्टि प्रति बसेर छलफल गर्न तयार रहेको महोत्सबको अध्यक्ष बिगेन्द्र वाईबाले भन्नुभयो ।’
तामाङ चलचित्र सघको आयोजनामा चैत २९ गते शुक्रबार देखि २०७६ साल बैशाख १ गते सम्म काभ्रेको भकुण्डेबेसीमा हुदै छ । त्यस्तै, बैशाख २६ र २७ गते नेपाल पर्यटन बोर्डको हलमा तामाङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ ।