वाईबाद्वारा आवाज केन्द्रलाइ शैक्षिक सामग्री सहयोग
काठमाण्डौँ । नया बर्षको अबसरमा मिस तामाङ पोखराकी सेकेन्ड रनरअप सजना वाइबाले संयुक्त अपाङ एकता आवाज केन्द्रलाइ शैक्षिक सामग्री लगायत खाद्यान्न सहयोग गरेको छ । परिवारका सदस्य गुमाएका र विभिन्न विपतमा परेका बालबालिकाहरुलाइ नव बर्षको अबसरमा सेवा केन्द्रमा पुगी सहयोग हस्तान्तरण गरिएको छ ।
बिशेष दिनहरुमा खासै उत्साह नहुने सो केन्द्रमा रहेको बालबालिकाहरु आफन्तले सम्झेको हुन्छन, भनेर कहिले नि आशा गरेको हुन्न । सोहि पीडालाई खुसीमा परिणत गर्न मिस तामाङ पोखराकी सेकेण्ड रनरअप सजना वाईबा र काभ्रेपलाञ्चोक तेमालकी मनिका थोकरले शैक्षिक सामाग्री र खाद्यान्न सामग्री सहित केक लिएर सेवा केन्द्रमा रहेको ४५ जना बालबालिका माझ नया बर्षको शुभकामना आदानप्रदान गरि मनाइएको छ ।

वाइबाको अनुसार बालबालिकालाई विद्यालयमा पढाउन खानबस्नको लागि ब्यस्त रहेको संचालक तीलबहादुर कार्की हामी पुग्दा उनले निकै खुसी हुँदै सहयोग र साथलाई धन्यबाद दिए । विभन्न संघसंस्थाहरुले सेवा केन्द्रलाई आर्थिक सहयोग देखि शैक्षिक सामाग्री र खानेकुरा सहयोगले केन्द्रमा रहेको बालबालिकालाई उज्वल भविष्य बनाउन मद्धत पुगेको संचालक कार्कीको भनाइ छ ।






