तामाङ चलचित्र संख्यात्मक भन्दा गुणात्मक ल्याउन जोड

काभ्रे (भकुण्डेबेसी) – तेस्रो तामाङ चलचित्र महोत्सब शुक्रबार देखि काभ्रेको नमोबुद्ध नगरपालिका भकुन्डे बेसीमा शुरु भएको छ । तामाङ चलचित्रलाई गुणात्मक पाटोमा बलियो बनाउन र बजार प्रबर्द्धनका लागि नेतृत्व तहको जिम्मेवारी रहेको बताए ।
‘हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ महोत्सवको औपचारिक अन्तरक्रिया सहित शुक्रबारबाट दुई तामाङ चलचित्र प्रदर्शनका साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
तामाङ चलचित्रको ‘इतिहास बर्तमान र अबको कार्य दिशा’ बिषयक चलचित्रकर्मी, सञ्चारकर्मीहरु बिच भएको कार्यक्रम महोत्सवहरु चलचित्र देखाउने र अर्वाड बाँड्ने समापन गर्ने कार्यमा सीमित पार्न नहुने र बिगतको कार्य समिक्षा गर्दै छलफल वहस बन्नु पर्ने तामाङ चलचित्र संघका प्रमुख सल्लाहकार एवम् पूर्व अध्यक्ष जेनिश दोङले बताए ।
त्यस्तै, प्रविधिले फड्को मार्यो, ‘समुदायका धेरै कुराहरु उठाउन बाँकी नै छ, वास्तवमा हामीले स्क्रिप्टमा रम्न सकेको छैनौ, यस्तो छलफल अन्तरक्रिया आवश्यक रहेको संचारकर्मी एबम चलचित्रकर्मी दिपेन्द्र दोङले बताए । तामाङ चलचित्र संघको पूर्वअध्यक्ष प्रकाश ब्लोनले पनि विविधताले भरिएको समुदायको थुप्रै कुराहरु चलचिमा अटाउन सकिने र भोलीका दिनमा साँस्कृतिक पाटोलाई प्रधान बनाउन सके तामाङले गर्व गर्ने अवस्था सृजना हुने दावी गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेको रोशी गाउँपालिकाका प्रमुख डिवी लामाले गाउँपालिका अन्तर्गत तामाङ समुदायको संस्कृति प्रति प्रबर्द्धन गर्ने सकिने कार्ययोजना लिएर आउनुहोस् भन्दा कसैले वास्ता नगरेको प्रति दुःख ब्यक्त गुर्नभयो । उहाँले रोशी गाउँपालिकामा अव छिटै डम्फुपार्क निर्माण गर्ने योजना रहेको बताए ।
रोशी गाउपालिकाको अध्यक्ष डीबी लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तामाङ चलचित्र संघको अध्यक्ष बिकु थोकरको अध्यक्षतामा भएको थियो । महोत्सबमा शुक्रबार बैशाख १ गतेसम्म चल्ने महोत्सव अन्तर्गत शनिबार बिहान ९ बजे रोशन फ्युबा तामाङ निर्देशित ‘श्होङ’ र बिहान ११ बजे बाबु थिङ निर्देशित ‘रुङसी टिला’ चलचित्र देखाईनेछ ।
मध्यान्न १२ बजेदेखी साँस्कृतिक झाँकी सहितको र्याली प्रस्तुत गरिएपछि दिउँसो १ बजे औपचारिक उद्घाटन गरिने तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले जानकारी दिनुभयो ।