तेस्रो तामाङ चलचित्र महोत्सब काभ्रेको भकुण्डेबेसीमा हुने

काभ्रे- ‘हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ काभ्रेको भकुण्डेबेसीमा तेस्रो तामाङ चलचित्र महोत्सव हुने भएको छ । यहि चैत्र २९ गते देखि बैशाख १ गते सम्म हुने महाेत्सवको तिब्र तयारी संगै प्रचारप्रसारमा जुटेको छ । २०७० सालपछि प्रदर्शन भएको पाँच चलचित्र छनोट गरि महोत्सबमा प्रदर्शन गरिने बताएको छ ।
महोत्सवमा प्रदर्शन हुने ५ चलचित्रमध्ये उत्कृष्ट एक चलचित्रलाई नगद सहित सम्मान गरिने बताइएको छ । त्यस्तै तामाङ चलचित्रका विभिन्न विधाहरुमा योगदान दिएका व्यक्तीहरुलाई सम्मान गरिने आयोजकले जनाएको छ ।
चलचित्र महोत्सवमा तामाङ चलचित्रलाई गुणस्तरीय रुपमा निर्माण गर्नका लागि अन्तरक्रियात्मक कार्यक्रम समेत रहेको बताइएको छ । तिन दिन सम्म चल्ने महोत्सबमा चर्चित गायक गायिकाहरुको प्रत्येक दिन सांगीतिक प्रस्तुति संगै झाँकी, बोन्बो, लामा र तान्बाहरुको विशेष प्रस्तुति रहने बताइएको छ । महोत्सवमा तामाङ मौलिक खाना, तामाङ ड्रेस, डम्फु र बुद्धचित्त माला लगायतको स्टलहरु रहेको तामाङ चलचित्र संघको अध्यक्ष बिकु थोकरले बताउनु भयो ।
महोत्सवको पहिलो दिन तम्बा, लामा, बोम्बो, कलाकारहरु सहित भकुण्डेवेशीको चोकदेखि कार्यक्रम स्थलसम्म र्याली गर्दै कार्यक्रम शुरु गरिने संघका अध्यक्ष थोकरले बताए । यस अघि पहिलो तामाङ चलचित्र महोत्सव मकवानपुर हेटौडाको पल्पसा हलमा र दोस्रो चलचित्र महोत्सव पनि मकवनपुरकै कर्रामा रहेको जेसिसको हलमा गरिएको थियो ।
महोत्सबमा यी ५ चलचित्र प्रदर्शन हुने
हुत्त संजय लामाको निर्देशनमा बनेको चलचित्र ‘सेमरिन मुला माया’ महोत्सबको पहिलो दिन चैत २९ गते दिउँसो साढे १२ बजे महोत्सवस्थलमा प्रदर्शन गरिने छ ।
ल्हाप्साङकार्पो क्षेत्रको तामाङ भाषा, सँस्कृति र लोक जीवनशैलीमा आधारित रोशन फ्युबाको निर्देशनमा रहेको चलचित्र श्होङ चैत्र ३० गते बिहान ९ बजे प्रर्दशन गरिने बताएको छ । तामाङ चलिचत्रको ईतिहासमै पहिलो पटक ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गर्ने चलचित्र सेर्कु बैशाख १ गते शनिबार बिहान १० बजे प्रदर्शन गरिने भएको छ । चलचित्र राजकुमार मोक्तानको निर्देशनमा रहेको छ ।
त्यस्तै, ह्याङ्ला मकवानपुर फिल्म्स प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘रुङ्सी टिला’ लाई चैत ३० गते शुक्रबार बिहान ११ बजे प्रदर्शन गरिने भएको छ । सो चलचित्रलाई निर्देशक बाबु थिङको निर्देशनमा निर्माण भएको हो ।
तामाङ परम्परा र रितिथितीमा आधारित चलचित्र ५) आप्लेङला नाम्सालाई चैत २९ गते दिउँसो ३ बजे महोत्सवस्थलमा प्रदर्शन गरिने बताएको छ । चलचित्रलाइ अजय स्याङ्तानले निर्देशन गरेका हुन् ।