तामाङद्वयको पहलमा नुवाकोटमा भित्रियो करोडौँको योजना

नुवाकोट । नुवाकोट-१ बाट प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र प्रदेस नं ३ की उपसभामुख राधिका तामाङको पहलमा नुवाकोटमा करोडौको योजना भित्रिएको छ । तामाङद्वयले नुवाकोटको लागी भित्र्याएको योजना जिल्लामा अहिलेसम्म केन्द्र सरकारबाट प्राप्त भएको सबैभन्दा धेरै गुणा बढीको योजना हो ।
उहाँहरुको विशेष पहल जिल्लामा विकासको लागी रहेका विभिन्न योजनाको बास्तविक चरित्र प्रस्तुत गरेर जनताको माग र चाहना अनुसारको बिनियोजन गर्नुभएको छ । करोडौको योजना शिक्षा, स्वास्थ्य, कृषि लगायत मानव विकासको लागी कार्यक्रम तथा योजना तर्जुमा गरेका छन ।
यसअघि काँग्रेसबाट सांसद् बन्नुभएका रामशरण महतले सिमित योजना ल्याउने र त्यो पनि आफू निकट कार्यकर्तालाई उपभोक्ता समिति बनाएर दुरुपयोग हुदै आएकोमा अहिलेको दुई सांसदहरुले बिनियोजन गरेको बजेटमा जनताको पहुँच अनुसार भएको जस्तै अब कार्यान्वयन पनि पारदर्शी बनाउने प्रतिबद्धता जनाएका छन ।
प्रतिनिधी सभाका सांसद तामाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट ४ करोड विनियोजन पनि सन्तुलित र पारदर्शी ढंगले गरेको भन्दै चौतर्फी प्रशंसा भएको थियो । सांसदहरुको पहलमा नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा भित्रिएको बजेट निम्न अनुसार रहेको छ ।