कलेजोको समस्या भएका मोक्तानद्वारा आर्थिक सहयोगको अपिल
चैत्र, हेटौडा (थाहा नगर) – कलेजोमा समस्या भई उपचाररत थाहा नगरपालिका वडा नम्बर ७ का वीर बहादुर मोक्तानका परिवारले उपचारका लागि सहयोगको अपिल गरेका छन् । आर्थिक अवस्था कमजोर भएका मोक्तान बिगत एक बर्ष देखि बिरामी भएको र हाल उपचारको लागि पाटन स्वास्थ बिज्ञान प्रतिस्ठानमा भर्ना गरिएको छ । उपचारका क्रममा धेरै खर्च लाग्ने भएको र उपचार खर्च जुटाउन समस्या भएकोले सबैसंग सहयोगको अपिल गरेको बिरामीको भाइ जयराम मोक्तानले बताउनुभयो । बिरामीको मोक्तानको २ छोरा १ श्रीमती रहेको र २ छोराहरु बिद्यालय तहमा अध्ययन गरिरहेकाले पनि आम्दानीको अन्यश्रोत नभएको...



















