अन्तत: स्वयम्भूको हजार बुद्ध मुर्ति चैत्य नभत्काईने
मंसिर, काठमाडौं – चक्रपथ विस्तारको क्रममा मन्त्री परिषदबाट निर्णय भएको स्वयम्भू स्थित हजार मुर्ति रहेको चैत्य नभत्काईने सहमति भएको छ । नेपाल सरकारले गरेको निर्णयबाट असन्तुष्ट बनेका बौद्ध मार्गीहरुले यो विषयमा व्यापक बिरोध गरेका थिए । बौद्धमार्गीहरु बौद्ध सम्पदा माथी सडक बिस्तारको नाममा क्षति पुग्ने भनेपछि आन्दोलित बनेका थिए । स्वयम्भू बचाऔं अभियान नै खडा गरि विभिन्न चरणबद्द आन्दोलन घोषणा गरेका अभियानले सम्माननीय प्रधानमन्त्री केपी ओली, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ, भौतिक पूर्वधार तथा यातायात मन्त्री माननीय बसन्त नेम्बाङ, सचिव, सडक विभागका महानिर्देशक र पुरतत्व विभागका महानिर्देशक संग गरिएको...



















