‘तिप्लिङ तामाङ’
तिम्रो बजारिया मथिङ्गलको छिद्राबाट चुहेर स्याक्स जस्तै सुस्त बगिरहेको चेतना मिसिएर नबगेकै राम्रो कन्चन बगिरहने दुङ्गु, गोराङदी संग, एनजीओले आयोजना गरेको सेमिनारमा टक्र्याएको ज्युनार लिंदै होटल एभोकाडोको पश्चिम ढोकाबाट अभिमानी डकार प्रतिध्वनित भएर फर्कियोस भैरब डाडाबाट फारलाएन तिरै ! कमरेड हाम्रो भेट दोभानमा भएको हो ! तिमी बासनादार चमेली तेल लगाएर बसपार्कको होटलहरु चहार्दै गर्दा हामी परिबर्तनको बिगुल फुक्दै राक्सिराङ्गको पाखा पखेरामा नवीन उज्यालो जन्माउन आगोको तालिममा थियौं ! तातो भात र तातो बारुद मुछेको अनुभूति एउटै होईन तिमी बस्ने कुर्सिको दाहिने छेवैमा उभेर तिमी संगै समाजबादको प्रशिक्षण सुनिरहेको...



















