ल्होछार रौनक: हेटौडामा ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रम (फोटो फिचर)

माघ, हेटौडा – तामाङ समुदायको सास्कृतिक पर्ब मन्जुश्री सम्बत २८५७ लाङ/म्हे ल्हो (गाई बर्ग) सोनाम ल्होछारको अवसरमा मकवानपुर तामाङ कलाकार संघद्वारा आयोजित ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । जीवा/नम्युङ ल्हो (मुसा वर्ग) लाई बिदाई गर्दै २८५७ लाङ/म्हे ल्हो (गाई वर्ग) लाई स्वगत गरि बागमती प्रदेशको राजधानी हेटौडाको टिसिएन चौरमा ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रम भएको हो । पूर्वकानुन राज्यमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यतामा भएको ल्होछार सास्कृतिक कार्यक्रममा मकवानपुरे अग्रज तामाङ कलाकार गायक तथा संगीतकार तुलुक बल, सुर्य तितुङ, रचनाकार मंगल लामा, चलचित्र निर्देशक बाबु थिङ, निर्माता...