लामाको संयोजकत्वमा अन्तरार्ष्ट्रिय नेपाली आदिवासी पत्रकार मञ्च गठन

साउन, न्युयोर्क – अमेरिकामा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशील नेपाली आदिवासी जनजाति पत्रकारहरुले अन्तर्राष्ट्रिय नेपाली आदिवासी पत्रकार मञ्च (फिनिज) गठन गरेका छन् । विश्व आदिवासी दिवसको अवसर पारेर सोमवार अमेरिकाको न्युयोर्कस्थित ज्याक्सन हाइटमा भएको आदिवासी जनजाति पत्रकारको भेलाले संस्थाको घोषणा गरेको हो । भेलाले फोजिनका पूर्व अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन सिंह लामाको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । संस्थाले स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यताको प्रवर्द्धन गर्ने, अमेरिकामा कार्यरत नेपाली आदिवासी पत्रकारहरुको व्यवसायिक तथा पेशागत विकास गर्ने, अमेरिकामा रहेका नेपाली आदिवासी समुदाय र अन्य...