भदौंमा पाँचौ तामाङ ज्ञान महोत्सव हुने

तामसालिङ खबर
२७ असार २०७७, शनिबार १५:२५

असार, काठमाण्डौं – तामाङ पहिचान दिवसको अवसरमा पाँचौं तामाङ ज्ञान महोत्सव हुने भएको छ ।

तामाङ न्हाङखोर र तामाङ डाजाङले आउदो भादौं ६ र ७ गते महोत्सव आयोजना गर्ने महासचिव निष्णु थिङले जानकारी दिए । उनले महोत्सवमा तामाङ अध्ययन सम्बन्धी कार्यपत्र प्रस्तुत हुने भएकाले लेखकहरुलाई लेख्न अनुरोध समेत गरेका छन् ।

चौथो ज्ञान महोत्सव पहिचान दिवसकै अवसरमा गरेका थिए भने पहिलो, दोस्रो र तेस्रो भने ल्होछारको अवसरमा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*