किम्फ महोत्सवमा पत्रकार ङिमा पाख्रिन सम्मानित
न्युयोर्क – ट्राभलिङ किम्फ महोत्सवको संयोजनको भूमिका खेल्दै आउँनु भएका एभरेष्ट टाइम्सका सम्पादक ङिमा पाख्रिन न्युयोर्कमा सम्मानित भएका छन् । पाख्रिनलाई काउन्सिलमेन कोष्टाकेष्टनटिनीदेशको कार्यालयबाट प्राप्त सम्मान–पत्र न्युयोर्क सिटीले कम्युनिटि लियाजन जोया चौधरीले प्रदान गरेको थियो ।
अमेरिकाको न्युयोर्कमा एभरेस्ट टाइम्सको आयोजनामा पाँचौ संस्करणको ट्राभलिङ किम्फ फेस्टिबलमा पाख्रिनलाई सम्मान गरेको हो । कार्यक्रमको सह–आयोजना भने एभरेस्ट टाइम्सको नाममा स्थापित एभरेस्ट टाइम्स फाउण्डेसनले गरेका थिए ।
उक्त किम्फ फेस्टिबल जुन १६ तारिख आइतबार सम्पन्न गरेका थिए । न्युयोर्कको उडसाइडस्थित सिक्सटी वान स्ट्रीटको धर्म हाउसमा महोत्सव आयोजना गरेको थियो । महोत्सवमा नेपालको ग्रामीण भेगको वास्तविक कथावस्तु समेटेर बनाइएका ६ वटा उत्कृष्ट वृत्तचित्र समेत प्रदर्शन गरेका थिए ।
पाँचौ किम्फमा सहभागीहरुको चाप हेर्दा झनै खुशी लागेको टाइम्सका प्रबन्ध निर्देशक तेम्बा दोङबा ह्योल्मोले बताएको छ । फेरी थप्छन्– ‘यसपटक सोचेको भन्दा कगल बढी सहभागीको साथ र सहयोगले हामीलाई उत्साह मिलेको छ ।’
यो पनि हेर्नुहोस :






