तामाङ समाज जापान क्षेत्रीय समितिको अध्यक्षमा पुनः सञ्जय तामाङ चयन
मंसिर २३, जापान – नेपाल तामाङ समाज जापानको क्षेत्रीय समिति नागोयाको अध्यक्षमा पुनः सञ्जय तामाङ (मेन्दोला) चयन भएका छन् । समाजको आईतबार भएको सातौं अधिवेशनले तामाङको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समाजको उपाध्यक्षमा पेमा तामाङ ,महिला उपाध्यक्षमा रीना तामाङ, सचिवमा राम तामाङ ,सह -सचिवमा जनक थोकर,कोषाध्यक्षमा समिर तामाङ र सह -कोषाध्यक्षमा पुश्ना तामाङ चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा छबी लामा तामाङ,ज्ञानम रुम्बा तामाङ, संकल्प थिङ तामाङ,रन्जिता दोङ्, सरिता तामाङ र सबिना तामाङलाई चयन गरिएको छ ।
त्यसै गरि समाजको सल्लाहकार समितिमा शान्ति लामा र मार्सङ वाइबा तामाङलाई चयन गरिएको छ । समाजका अध्यक्ष सञ्जय तामाङ (मेन्दोला) को अध्यक्षतामा भएको कार्यक्रममा समाजका सह -सचिव समिर तामाङले बार्षिक प्रगति प्रतिबेदन तथा आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।
समाजले हरेक बर्ष मनाउदै आईरहेको तामाङ समुदायको महान पर्ब ल्होछारलाई पनि निरन्तरता दिने भएको छ । यो बर्षको ल्होछार जनवरी १९ तारिखका दिन मनाउने निर्णय समेत गरेको छ ।






