लकडाउन

रोगले भन्दा
भोकले भरिएका पेटहरू
लकडाउनले
लक गर्न नसकेका मुखहरू, अभाबहरू
खुशी कसरी हुनु
आफ्नै र आँफै निस्सासिएको बेला ।।
हुनेहरूका लागि
बर्षौको बन्दमा पनि हर्ष मेटिन्न
अहिले भर्खरै कमाई कमाई
भरे छाक टार्नेहरूका चुलामा अन्न भेटिन्न
खुशी कसरी हुनु
आफ्नै र आँफै निस्सासिएको बेला ।।
लक डाउनले
भोको पेट लक गर्न सकेनन्
मुख लक गरेनन्
तर
फगत लक गरे
पीडाहरूको घेरामा बाँधी
उचाल्नै नसक्ने गरी
थलित शरिरलाई गर्ल्याम्मै ढाली
खुशी कसरी हुनु
आफ्नै र आँफै निस्सासिएको बेला ।।
बर्षौ पहिले
गाउँको खेतबारी र खेतीपातीले नपुगेर
सहर पसेका भरियाँहरू
भारीको थिचाईँहरुमा आनन्द मानीरहेका थिए
आजभोली ती भारीका थिचाईँहरूले नगलेका शरिर
गह्रुङ्गो भोकले गलीरहेका छन्
सरकार यता तिर पनि ध्यान दिने कि ।।
लकडाउनको समय
आफ्नो लकलाई रोगलाई सुम्पिन त
कसको पो रहर होला र
सरकार यता तिर पनि ब्यबस्था गरीदिने कि ?
-मणिकलाल घिसिङ तामाङ
काठमाण्डौ, नेपाल