प्रदेश ३ को राजधानी हेटौंडा घोषणा, हेटौडाको पक्षमा १०५ जना प्रदेश सदस्यद्वारा मतदान

पुस २७, हेटौंडा – तिन नम्बर प्रदेशको राजधानी हेटौंडा घोषणा भएको छ । प्रदेश सभामुख सानुकुमार श्रेष्ठले आईतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश ३ को राजधानी हेटौंडा घोषणा गरेका हुन् । आईतबार प्रदेश ३ को राजधानी मकवानपुरको हटौंडा राख्ने मुख्यमन्त्री डोरमणी पौडेलको प्रस्तावमा मतदान हुदा ११० जना प्रदेश सदस्य रहेको यस प्रदेशमा १०५ जना प्रदेश सदस्य ले हेटौंडाको पक्षमा मतदान गरेका थिए । यस्तै हेटौंडाको विपक्षमा ३ जना प्रदेश सदस्यले मतदान गरेका थिए । यस्तै, यस अघि प्रदेश सदस्य रमेश पौडेलले प्रदेश ३ को राजधानी काभ्रेको धुलिखेल राख्ने प्रस्तावमा मतदान...