पत्रकार ढकालको हत्या गर्ने २ जनालाई ३९ वर्ष कैद सजाय
माघ ३, हेटौंडा – हेटौडाका पत्रकार मनोहर ढकालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत मकवानपुरले दोषी ठहर गर्दै ३९ वर्षको कैद सजाय सुनाएको छ । पत्रकार ढकालको हत्यामा संलग्न हेटौँडा–११ का २० वर्षीय अनमोल पुडासैनी र हेटौँडा १२ का १९ वर्षीय प्रविण वाइबालाई ३९ वर्षको कैद सजाय सुनाएको जिल्ला अदालत मकवानपुरले जनाइएको छ । उनीहरुलाई जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको इजलासले दोषी ठहर गरेको हो । एक वर्ष अघि विसं २०७५ पुस २५ गते साँझ हेटौँडा–१ को भैरवडाँडा नजिक मृत अवस्थामा फेला परेको थियो । शुरुमा...



















