इन्द्रसरोबरको कुलेखानीमा ल्होछार महोत्सब हुने

माघ ५, हेटौडा (कुलेखानी) – मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोबर गाउपालिकाको कुलेखानीमा पहिलो पटक ल्होछार महोत्सब गर्ने भएको छ । तामाङ समुदायको सास्कृतिक पर्ब २८५६ जीवा ल्हो/मुसा वर्गको अबसरमा स्थानीय कुलेखानी तामाङ समाजको आयोजनामा यही माघ २० गते ल्होछार महोत्सब तथा बृहत सास्कृतिक कार्यक्रम लगायत शान्ति पुजा गर्ने भएको छ । भिजिट नेपाल २०२० सफल बनाउन स्थानीय पर्यटन प्रबर्द्धनको सास्कृतिक पर्ब ल्होछारलाई आफ्नो घरआगनमा मनाउने उधेश्यले समाजले कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक बिरेन गोलेले बताए । ल्होछार महोत्सब तथा सास्कृतिक कार्यक्रम सफल बनाउन राष्ट्रिय कलकारहरु प्रेम लोप्चन, सन्जिब वाइबा, बिशाल...