हुलाक सेवालाई जिवन्त राख्न स्मार्ट बनाउन जरुरी : मन्त्री श्रेष्ठ
भदौ, हेटाैँडा – बागमती प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठले हुलाक सेवालाई जीवन्त राख्न स्मार्ट बनाउन जरुरी रहेकाे बताउनुभएकाे छ । हुलाक सेवा विभागले हेटाैँडामा गरेकाे एक पालिका एक हुलाक कार्यालयको अवधारणा बमोजिम हुलाकको पुनर्सरचना सम्वन्धि अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले हुलाक सेवाले ७ सय ५३ स्थानीय तहमा प्रदेश र स्थानीय तहका चिठीपत्र मात्रै होइन, सवारी लाइसेन्स, राहदानी, नागरिकता, जेष्ठ नागरिक परिचयपत्र, राष्ट्रिय परिचयपत्र जस्ता आधारभूत कागजात हुलाक सेवा मार्फत जनताको घरदैलोमा पुर्याउने व्यवस्था मिलाउन सक्नुपर्ने बताउनुभयाे । मन्त्री श्रेष्ठले सूचना प्रविधिबाट भागेर होइन, त्यसलाई आत्मसात गरेर अर्थात् हुलाकलाई...



















