सर्वोच्चले माग्यो, ‘रिगल’ लाई आममाफी दिनुको कारण
असोज, काठमाडौ – सर्वोच्च अदालतले व्यक्ति हत्यामा दोषी ठहर भएका ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिएकोमा सरकारसँग लिखित जवाफ माग गरेको छ । भारती मानन्धरको रिटमाथि सुनुवाइ गर्दै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय एवं गृह मन्त्रालयलाई माफी दिनुको कारणसहित ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो । सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अग्राधिकारसहित असोज २५ गतेका लागि पेसीसमेत तोकेको छ । संविधान दिवसका दिन बाँकेका ‘गुन्डा नाइके’ रिगललाई कैद मिनाह गरेको भन्दै पीडित चेतन मानन्धरकी श्रीमती भारतीले सर्वोच्चमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय एवं...



















