रैथाने बाली उत्पादन गरे बापत मकवानपुर गढी गाउँपालिकाले अनुदान दिने

असोज, हेटौडा (मकवानपुर गढी) – मकवानपुरगढी गाउँपालिकाले रैथाने बाली उत्पादन गरे बापत किसानलाई अनुदान दिने भएको छ । पालिकाको चालु आ.व. २०८०/०८१ को स्विकृत वार्षिक कार्यक्रम अनुसार कृषि विकास कार्यक्रम तर्फ उत्पादनमा आधारित प्रोत्साहन अनुदान अन्तरगत किसानलाई अनुदान दिन लागिएको हो । धान तथा रैथानी बाली (कोदो, फापर, धानकोदो, जुनेलो) उत्पादन गरि बिक्रि गर्ने किसानलाई प्रति किलो ६ रुपैयाँका दरले अनुदान दिइने मकवानपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चाैधरीले जानकारी दिनुभयो । यस्तै खरिदकर्ता सहकारीलाई प्रति केजी ४ रुपैयाँका दरले अनुदान दिइने उहाँले बताउनुभयो । यसका लागि आउँदो कार्तिक...