राक्सिराङ्गमा कार्यान्वयनमा आयो, खादाको सट्टा स्थानीय फुलमाला
असोज, हेटौंडा (राक्सिराङ्ग) – मकवानपुरको राक्सिराराङ गाउँपालिकाले कपडाको रेडिमेट खादा प्रयोगमा रोक्ने निर्णय कार्यान्वयनमा आएको छ । गत साउन ३१ गते गाउँ कार्यपालिकाको बैठकले गरिएको निर्णय अनुसार आयतित कपडाको खादा प्रयोगमा बन्द गरी गाउँमा फूलेका फूलहरु प्रयोग गर्न थालिएको छ । शनिवार राक्सिराङ (आई.टि.एफ) तेक्वान्दो दोजाङको पहिलो बार्षिक साधारण सभा तथा पदक वितरण कार्यक्रममा उपस्थित अतिथिहरुको गलामा गाउँमै फूलेका मखमली, लाउरे फूल र बाह्रमासे फूलका रंगीचंगी मालाहरुले सजिएका थिए । ब्याचमा हरियो पिपलको पातमा सेता टिपेक्सले लेखिएका अक्षरहरु र अतिथि सत्कार गर्दै लगाइएको रंगिन फूलका मालाहरुले अझ शोभा थपिएको...



















