गेशे थुब्तेन शेराबको ‘नेपालका बौद्ध तीर्थस्थलहरू’ पुस्तक विमोचन
भदौं, काठमाडौ – बौद्ध जागरण केन्द्रको आयोजनामा लेखक तथा सम्पादक गेशे थुब्तेन शेराबद्धारा लिखित ‘नेपालका बौद्ध तीर्थस्थलहरू’ नामक पुस्तक विमोचन गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै पुस्तक विमोचन गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री सुदन किराँतीज्यूले पुस्तक विमोचन गरेका हुन् । पुस्तकको पहिलो खण्डमा नेपालमा बुद्धसंग सम्बन्धित तीर्थस्थलहरू लुम्बिनी उद्यान, तिलौराकोट, क्रकुच्छन्द बुद्धको नगरी, अरौराकोट, जोडी स्तूपा, कुदानको न्यग्रोध विहार र रामग्राम स्तूपको बारेमा चर्चा गरेको छ । त्यसैगरी काठमाडौँ, पाटन, र भक्तपुरमा रहेका बोधिसत्त्व सम्बन्धित तीर्थस्थलहरू, बज्रयान सम्बन्धित तीर्थस्थलहरूको बारेमा विस्तृत...



















