दुई वडाध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी
भदौ २०, नेपालगञ्ज – सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका दुई वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । रकम अपचलन गरेको आरोपमा बाँके प्रहरीले वडा नं १७ का अध्यक्ष अजयकुमार पाठक र वडा नं १८ का अध्यक्ष दीपकुमार बर्मा विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । सहकारी वित्तीय विकास संस्था लिमिटेडको तत्कालीन सञ्चालक समितिमा रहेका दुबै जनाले रु ५२ करोड रकम अपचलन गरेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने, “सहकारी संस्थाको...



















