काठमाण्डौमा बिजुली बस संचालन, यस्तो छ रुट
भदौ २३, काठमाण्डौ – काठमाडौँ महानगरपालिकामा सोमबार देखि विद्युतीय बस संचालन भएको छ । सोमबार प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले बिजुली बसको सेवा शुभआरम्भ गरेका छन् । पोखरेलले रिबन काटेर सेवा सञ्चालन गरेपछि उनलाई राखेर बिजुली बस पुलिस क्लबबाट सहिद गेट, सुन्धारा, रत्नपार्क हुँदै एक फन्को मारेर पुनः पुलिस क्लबमै आएको थियो। सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाका अनुसार पहिलो चरणमा चारवटा बस सञ्चालन गरिने छ । सरकारले विद्युतीय बस सञ्चालन गर्न विभिन्न ठाउँमा चार्जिङ स्टेसन नराखिदिएको अध्यक्ष थापाले बताए । अहिले यातायातले तीन...



















