‘यातायात क्षेत्रलाई पूर्ण डिजटल बनाउन मन्त्रालय प्रतिवद्ध छ’ – मन्त्री श्रेष्ठ
फाल्गुन, हेटौडा – बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठले यातायात व्यवस्था तथा सेवा कार्यालयका कामलाई पूर्ण ‘डिजिटल’ बनाएर सेवालाई थप प्रभावकारी बनाउन मन्त्रालय लागिपरेको बताएका छन् । काठमाडौं उपत्यकामा यातायात व्यवस्था तथा सेवा कार्यालयहरुको अर्धवार्षिक समिक्षा कार्याक्रममा मन्त्री श्रेष्ठले अहिलेको समयमा पनि यातायात कार्यालय पुरानै शैलिमा सञ्चालन हुनु दुखको बिषय भएको भन्दै अब पूर्ण रुपमा डिजिटल प्रणालीबाट सेवा प्रदान गर्न मन्त्रालय लागि परेको बताए । ढण्डा खोजेर काम गर्ने प्रचलनले जनताले दुख पाएको भन्दै अब कर तिर्ने, नविकरण गर्ने जस्ता कामलाई डिजिटल माध्यमबाट ल्रजान मन्त्रालयले तयारी...


















