कैलाशमा अध्यक्षकप फुटबल र उपाध्यक्षकप भलिबल प्रतियोगिता हुने

माघ, हेटौंडा (कैलाश) – कैलाश गाउँपालिकाले अध्यक्षकप फुटबल प्रतियोगिता र उपाध्यक्षकप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । फुटबल प्रतियोगिता फागुन २७ गतेदेखि ३० गतेसम्म नामटारमा र भलिबल प्रतियोगिता फागुन २० गतेदेखि २२ गतेसम्म कालिकाटारमा सञ्चालन हुने भएको छ । प्रतियोगितामा प्रत्येक वडाबाट १/१ वटा टीमले सहभागिता जनाउने छन् । ‘गाउँपालिकाले खेलकुदलाई प्राथमिकता दिएको छ । यहाँ थुप्रै राम्रो फुटबल, भलिबलका खेलाडीहरु हुनुहुन्छ ।’ पालिका अध्यक्ष लोक मुक्तानले भन्नु भयो। शिल्ड र पुरस्कार राशीको सम्बन्धमा निर्णय गर्न खेलकुद समितिलाई निर्देशन दिइएको अध्यक्ष मुक्तानले जानकारी दिनुभयो।