बकैयामा निःशुल्क आँखा शिविर, ३७ जनाको आँखा अप्रेशन
फाल्गुन, हेटौडा (बकैया) – पुर्बी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ स्थित गरगरेको बकैया आधारभूत अस्पतालमा जारी तीन दिने निःशुल्क आँखा जाँच तथा मोतिविन्दुको शल्यक्रिया शिविरको दोश्रो दिनसम्म ४ सय २४ जनाले आँखा जाँच गराएका छन् । बकैया जेसिसको मुख्य आयोजनामा बकैया गाउँपालिका, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, काठमाडौं र बकैया आधारभूत अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरेको शिविरमा पहिलो दिन १ सय ७५ जना र दोश्रो दिन २ सय ४९ जनाले आँखा परिक्षण गरेका थिए । दुई दिनमा ५० जनामा मोतिविन्दुको समस्या देखिएकोमा ३७ जनाको सफल परिक्षण गरिएको बकैया जेसिसका...



















