दामनको ऋषेश्वर मन्दिर (छ्युमी झ्याङछुप) परिसरमा बिश्व शान्ति महायज्ञ पुजा हुने

फाल्गुन, हेटौडा (थाहा नगर) – मकवानपुरको पर्यटकीय नगर थाहा नगरपालिका ४ दामनमा स्थित छ्युमी झ्याङछुप (ऋषेश्वर महादेव मन्दिर) परिसरमा २ दिने बृहत विश्व शान्ति महायज्ञ हुने भएको छ। बौद्ध र हिन्दु धर्मावलम्बीहरुको पबित्र तिर्थस्थल ऋषेश्वर महादेव मन्दिर अर्थात छ्युमी झ्याङछुप परिसरमा यही फागुन १६ र १७ गते बृहत विश्व शान्ति महायज्ञ पुजा आयोजना हुने भएको छ। धर्म, संस्कृतिको संरक्षण एवम् उक्त तिर्थ क्षेत्रको प्रचारप्रसार र बिकासको अभियानको थालनी गरेपछि अन्य स्थानका लामा गुरुहरु र धार्मिक संगठनहरुको सहकार्यमा विश्व शान्ति महायज्ञ अभियानलाई थप सक्रिय बनाउदै अघि बढेको प्रमुख लामा पवन...