जंगली जनावरकाे आक्रमणमा परी मृत्यु भएकाको परिवारका लागि राहतको व्यवस्था गर्छु – नेता बानियाँ
फाल्गुन, हेटौडा (मनहरी) – नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले जंगली जनावरकाे आक्रमणमा परि मृत्यु भएका परिवारकाे लागि प्रदेश सरकारबाट क्षतिपूर्तिकाे व्यवस्था गर्न आफुले पहल गर्ने बताउनुभएकाे छ । गएकाे माघ ८ गते हात्तीको आक्रमणमा परि निधन हुनुभएकाे मनहरी ४ तल्लाे मसिनेकी राधादेवि अधिकारीकाे परिवार सँगकाे भेटमा उहाँले जनावरकाे आक्रमणमा परि मृत्युु भएका परिवारलाई प्रदेश सरकारकाे तर्फबाट राहत उपलब्ध गराउन मुख्यमन्त्री शाालिकराम जमकट्टेललाई अनुराेध गरिसकेकाे बताउनुभयाे । उहाँले प्रदेश सरकारले निर्णय गरेर पीडित परिवारलाई कम्तिमा १ लाख रुपैयाँ राहत उपलब्ध गराउनुपर्ने बताउनुभयाे । साथै स्थानीय...



















