सहकारीका सचिबहरुको भेला सम्पन्न : छ बुँदे प्रतिबद्धता पत्र पारित

फाल्गुन, हेटौंडा – जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको आयोजनामा संघमा आवद्ध सहकारी संस्थाका सचिबहरुको एकदिने भेला सम्पन्न भएको छ । संघका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता एवम् बागमती प्रदेश सहकारी बिकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देबकोटाको प्रमुख आतिथ्यतामा भएको भेलामा संघमा आवद्ध ७१ ओटा सहकारी संस्थाका सचिबहरुको सहभागिता रहेको थियो । शुक्रवार सम्पन्न भेलामा प्रमुख अतिथि देबकोटाले सहकारी संस्थाहरुमा आईपरेका समस्या समाधानको निम्ति सदस्यहरुसंग निरन्तर सम्पर्कमा रहनु नै मुख्य समाधान भएको बताउनुभयो । उहाँले जिल्ला बचत तथा ऋण सहकारी संघले सदस्य सदस्य संस्थाहरुलाई बिभिन्न कार्यक्रम, शिक्षा, तालिम...