लाखौँ खर्चिएको ‘हेल्लो सिएम’एप प्ले स्टोरबाटै गायब
भदौं, जनकपुरधाम – प्रदेश २ सरकारले महिला हिंसा न्यूनीकरणका लागि भनेर सुरु गरेको ‘हेल्लो सिएम’एप प्रयोगविहीन बनेको छ । ६ लाख खर्चेर एप बनाई पनि प्रदेश सरकारले कार्यक्रम नै अगाडि बढाएको छैन । ११ कात्तिक २०७५ मा समुदाय-प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले ‘हेल्लो सिएम’ एप सार्वजनिक गरेका थिए । तर त्यो एप गुगलको प्लेस्टोरबाटै हराएको छ । महिला हिंसामा परेको बखत एप डाउनलोड भएको मोबाइल तीन पटक चलाएमा जानकारी नजिकको प्रहरी कार्यालयमा आकस्मिक कलको रूपमा पुग्ने र पीडितको लोकेसन पनि प्रहरीले थाहा पाउने एप निर्माता इन्जिनियर...