जनता आवास कार्यक्रम अन्तर्गत मकवानपुरमा १ सय ५० आवास कार्यन्वयन
भदौं, हेटौडा – जनता आवास कार्यक्रमको लागि मकवानपुरमा १ सय ५० वटा आवासको निर्माण कार्य साझौता भई कार्यन्वयनमा आएको छ । जिल्ला समन्वय समिति मकवानपुरको तथ्याङ्ग अनुसार २ सय वटा आवास निर्माणको लागि बजेट विनियोजन भएकोमा १ सय ५० वटा आवास निर्माणका लागि सम्झौता भई कार्यान्वयनमा आएको हो । गत आर्थिक वर्ष २०७७/०७८ मा आवासका लागि बागमती प्रदेश सरकारले २ करोड ९९ लाख रुपैयाँ छुट्याएको थियो । सोही रकमबाट आर्थिक रूपले अति विपन्न तथा लोपोन्मुख र सोमान्त कत समुदायका गरिबलाई निजी घरका व्यवस्था गर्न लागिएको हो । आर्थिक वर्ष...



















