गढीमा विभिन्न पार्टी परित्याग गरी १ सय ९७ जना कांग्रेसमा प्रवेश

भदौं, हेटौडा – विभिन्न पार्टी परित्याग गरी मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ र ४ स्थित विभिन्न टोलका १ सय ९७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ र ४ को संयुक्त आयोजनामा मक्रान्चुलीमा शनिबार पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा एमाले, माओवादी र राप्रपाका १ सय ९७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस गढी गाउँपालिका ३ र ४ का सभापति क्रमशः विजय लामा र कृष्णबहादुर खड्काको संयुक्त सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति...