माधब पक्षीय एमाले मनहरीको अध्यक्षमा नारायण श्रेष्ठ चयन, नौ ओटै वडा संयोजक र सह-संयोजक तोकियो
भदौ, हेटौडा (मनहरी) – नेपाल कम्युनिष्ट पार्टी एमाले मनहरी गाउँपालिका कमिटिको अध्यक्षमा नारायण श्रेष्ठ चयन भएको छ । मंगलबार लामिटारस्थित सामुदायिक भवनमा आयोजित भेलाबाट श्रेष्ठलाई अध्यक्षमा चयन गरिएको हो । गाउँ कमिटीको उपाध्यक्षमा आशा बल र सचिवमा ओम आलेमगर चयन भएको छ । ९१ सदस्यीय कमिटी चयन भए सँगै ९ वटै वडाका संयोजक र सह संयोजक समेत तोकिएको नव गठित कमिटीका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टीलाई बिभाजन गर्ने गरी अदालतले आदेश दिएपछि जेठ ३ अघिको अबस्था कुल्चँदै मनहरीमा केही व्यक्तिहरुको भेलाले नेकपा एमाले गठन गरेको...



















