माओवादी केन्द्र मकवानपुरद्वारा ९ जनालाई निष्काशन
साउन, हेटौंडा – नेकपा माओवादी केन्द्र मकवानपुरको जिल्ला कमिटि बैठक आइतबार भएको छ । बैठकले पार्टी हित बिपरित कार्य गरेको भन्दै स्थानीय पार्टी कमिटिले गरेको सिफारिसको आधारमा नौं जनालाई पार्टी साधरण सदस्य समेत नहरने गरी निष्काशन गरेको छ । कारबाहीमा पर्नेहरुमा बकैया गाउँपालिका कमिटि सदस्य सुनिल दर्लामी, थाहा नगरपालिका कमिटि सदस्य राजुमैया कार्की, कैलाश गाउँपालिकाका सदस्य एक बहादुर आले, कैलाश गाउँ कमिटि सदस्य सानुभाई विष्ट र हेटौंडा उपमहानगरपालिका कमिटि सदस्य दिपक खड्का, उत्सव चौँलागाई, शालिक ढकाल, बागमती गाउँपालिका सदस्य केशल तिमल्सिना रहेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्र जिल्ला...


















