धरापमा बागमती प्रदेश सरकार
साउन, हेटौडा – केन्द्रीय तहमा फेरिएको राजनीतिक समीकरणले बागमती प्रदेशमा समेत तरङ्ग पैदा गरेको छ । सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधिसभा विघटन बदर गरी काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेदेखि नै अंक गणितीय हिसाबमा बागमती प्रदेश सरकारको समेत आयु नाप्ने काम भइरहेको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदै आफ्नो नेतृत्वको सरकार सुरक्षित गरेका छन् । उनलाई नेकपा एमालेकै सांसदहरुले समेत विश्वासको मत दिएका थिए । प्रधानमन्त्री देउवा नेतृत्वको सरकार सुरक्षित भएसँगै बागमती प्रदेशमा पनि सरकार परिवर्तनको लागि कसरत सुरु...



















