निषेधाज्ञा एक साता थप गर्ने तयारी, सार्वजनिक यातायात तत्काल सञ्चालन नगरिने

असार, काठमाडौं – बैशाख १६ देखि उपत्यकामा जारी निषेधाज्ञा पुनः एक साता थप गर्ने तयारी गरिएको छ । निषेधाज्ञा खुकुलो पारिए पनि कोरोना भाइरस संक्रमण दर नघटेको निष्कर्ष निकाल्दै उपत्यकाका तीनै जिल्ला प्रशासनले पुनः एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरेका हुन् । आइतबार बेलुकी बस्ने तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा अवधि एक साता थप गर्ने तर, कुन–कुन क्षेत्रलाई कडाइ र खुकुलो गर्ने भन्ने बारे निर्णय भइनसकेको ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलाले बताएका छन् । उनका अनुसार उपत्यकामा कोरोना संक्रमण दर घटिनसकेको र अहिल्यै निषेधाज्ञा खोलिए अवस्था भयवह हुन...