सुरक्षा गार्ड र कम्पनी सम्बन्धीको काम अब हेटौडाबाट हुने

फाल्गुन, हेटौडा – प्राईभेट तथा पब्लिक कम्पनी सम्बन्धीको सम्पूर्ण काम अब बागमती प्रदेशको राजधानी हेटौडाबाट हुने भएको छ । चितवनमा लोकप्रियता कमाएको गढी बिजनेश म्यानेजमेन्ट प्रालि र गडी सेक्युरिटी सर्भिसेसले आफ्नो सेवा बिस्तार गर्दै अब हेटौडाबाट सेवा दिने भएको हो । भरतपुरबाट सेवा बिस्तार शुरु गरेको गढी बिजनेश म्यानेजमेन्ट प्रालि दोस्रो शाखा कार्यालयको रुपमा हेटौडामा बिस्तार भएसंगै कम्पनि संचालकहरु अब कम्पनि रजिष्टार कार्यालय कठमाण्डौ जानै नपर्ने गरी बागमती प्रदेशको राजधानी हेटौडाबाट सेवा दिइने कार्यालय प्रमुख अश्विन गोलेले बताउनु भयो । प्रबन्ध–पत्र, नियमावली (विधान) तयार पार्ने, सम्पूर्ण कम्पनीहरुको नविकरण पुँजी...