ईन्द्रसरोवरमा आवधिक योजना निर्माण अघि बढ्यो
फाल्गुन, हेटौडा (इन्द्रसरोबर) – मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको आवधिक योजना निर्माणमा अघि बढेको छ । गाउँपालिकाले आवधिक योजना तथा मध्यकालीन खर्च संरचना तर्जुमा अभिमुखिकरण कार्यशाला संचालन गरेर यस कार्यमा अघि बढेको हो । गाउँपालिकाको आयोजना तथा गभर्नेन्स एण्ड डिजाइन सोलुशन चन्द्रागिरी, काठमाडौको सहजीकरणमा ६ फागुनमा मार्खुमा सञ्चालन भएको हो । कार्यशालामा बदलिँदो परिवेशमा तीन तहको सरकारको अन्तरसम्बन्ध र योजना तर्जुमा अभ्यास, योजना र विकास योजना, आवधिक योजना, विधि, प्रक्रिया र परिणाम, विषय क्षेत्रगत आधार सूचक र लक्ष्य सूचक, मध्यकालीन खर्च संरचना, योजना तर्जुमाको लागि आवश्यक निर्देशक समिती, विषयगत समिती र...



















