जेष्ठ पत्रकार शर्मालाई मासिक पेन्सन
चैत्र, हेटौडा – नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले जेष्ठ पत्रकार नवराज शर्मालाई पेन्सन (निवृत्तिभरण) वापतको रकम उपलब्ध गराएको छ । महासंघले स्थापना गरेको पत्रकार पेन्सन बापतको रकम शर्मालाई दिएर पत्रकार पेन्सन कार्यक्रमको शुभारम्भ गरेको छ । महासंघको हेटौंडा शाखामा भएको एक कार्यक्रममा हेटौंडा उयपमहानगरपालिका प्रमुख हरिबहादुर महतले शर्मालाई पेन्सन वापतको रकमको चेक हस्तान्तरण गरेर शुभारम्भ गरेका छन् । पत्रकार महासंघको इतिहासमा पहिलो पटक महासंघको मकवानपुर शाखाले ६० बर्ष उमेर पूरा गरेका र पत्रकारिता गर्न छोडेका पत्रकारहरुलाई मासिक पेन्सन (निवृत्तिभरण) वापत रकम उपलब्ध गराउने भएको छ । महासंघले पेन्सन वितरणका...



















