बागमती प्रदेश प्रवेश गर्ने चुरियामाई नाका बन्द
बैशाख ३१, हेटौंडा – प्रदेश नम्बर २ हुँदै वाग्मती प्रदेश प्रवेश गर्ने पूर्व-पश्चिम राजमार्गको चुरियामाई नाका आजदेखि बन्द गरिएको छ । प्रदेशसँग जोडिएका जिल्लामा कोरोना सङ्क्रमण फैलिएपछि मकवानपुरको कमाण्ड पोष्टले चुरियामाई हुँदै हेटौँडा आवतजावत बन्द गर्ने निर्णय गरेको हो । देशमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएपछि र छिमेकी जिल्लाहरुमा समेत कोरोनाको सङ्क्रमण फैलिएपछि मकवानपुरका जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अग्रसरतामा सरोकारवालाहरुको विशेष बैठक बसेको थियो । बैठकपछि जिल्ला कमाण्ड पोष्टमार्फत लकडाउनलाई समेत कडा बनाउने निर्णय भएको प्रमुख खुलालले जानकारी दिए । कमाण्ड पोष्टको मंगलबारको बैठकले अन्य जिल्लाबाट मकवानपुर...


















