हेटौंडा उपमहानगर क्षेत्रको विद्यालयलाई उपचार सामाग्री वितरण

जेठ २७, हेटौडा – हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रका सवै सामुदायिक विद्यालयका लागि प्राथमिक उपचार सामग्री वितरण गरेको छ । चालु आर्थिक वर्षको नियमित कार्यक्रमअन्तर्गत विद्यालयलाई प्राथमिक उपचार सामग्री वितरण गर्न सुरु गरेको हो । हेटौंडा उपमहानगरक्षेत्रका ७७ वटै विद्यालयलाई सोमबारबाट प्राथमिक उपचार वाकस वितरण गर्न सुरु गरेको हो । प्राथमिक उपचारका लागि आवश्यक औषधीसहितको बाकस विद्यालय प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको छ । उपमहानगरपालिकाको शिक्षा शाखाले विद्यालयका प्रधानाध्यापकलाई बोलाएर सोमबारबाटै प्राथमिक उपचार सामग्री वितरण गरेको हो । हेटौंडा उपमहानगरक्षेत्रमा २९ वटा माध्यमिक तह र ४८ वटा आधारभूत विद्यालय रहेका छन् ।...