सूर्य स्काउटलाई नेपाल स्काउट बागमती प्रदेश समितिद्वारा पोशाक वितरण
असोज, हेटौडा (बागमती) – नेपाल स्काउट बागमती प्रदेश समितिद्वारा सूर्य माध्यमिक विद्यालय, बागमती -१, माझगाउँ मकवानपुरको विद्यालय स्तरीय स्काउट युनिट सूर्य स्काउट ट्रुपलाई स्काउट पोशाक वितरण गरेको छ । श्री सूर्य माध्यमिक विद्यालयमा बिहिबार एक आयोजित कार्यक्रमकका बीच स्काउट पोशाक वितरण गरेको हो l बागमती गाउँपालिका अध्यक्ष एवम् स्थानीय स्तरको स्काउट संरक्षक सर्केश घलानको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमा नेपाल स्काउट बागमती प्रदेश समितिद्वारा करिब १ लाख २८ हजार मुल्य बराबरको सूर्य स्काउट ट्रुपका १६/१६ जना छात्र/छात्राहरुलाई स्काउट पोशाक, जुत्ता, मोजा, टोपी, डोरी लगायतका अन्य सामाग्रीहरु वितरण गरिएको हो...



















