रेडियो सरोबरद्धारा बनकरियालाई पाडो सहयोग

असोज, हेटौंडा – रेडियो सरोबरले नेपालकै लोपोन्मुख बनकरिया समुदायलाई दशैं मनाउन पाडो सहयोग गरेको छ । मनहरी -४ ट्वाङग्रामा रहेको बनकरिया बस्तीमा पुगेर रेडियोका सञ्चालक एवं स्टेशन म्यानेजर राजु शाश्वत लामिछानेले एक थान पाडो सहयोग गर्नुभएको हो । यसैगरी,समाजसेवी राजेन्द्र सिम्खडा र सुरेन्द्र भट्टराईले बनकरिया समुदायलाई चिउरा र मसला सहयोग गर्नुभएको छ । बनकरिया बस्तीमा दशैं मनाउन समस्या भएको जानकारी आएपछि सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्धेश्यले सहयोग गरिएको रेडियोका स्टेशन म्यानेजर लामिछाने बताउनुभयो । दशैं मनाउन मासु र चिउरा पाएपछि अगुवा सन्तमाया बनकरियाले खुशी व्यक्त गर्नुभयो । उहाँले बनकरिया...