बागमतीमा ५५ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको पूर्ण खोप
असोज, हेटौडा – बागमती प्रदेशमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणविरुद्ध पुर्ण खोप लगाउनेको कूल संख्या २३ लाख ४४ हजारभन्दा बढी पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार, प्रदेश हालसम्म २३ हजार ४४ हजार ६ सय ३४ अर्थात ५५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका हुन् । प्रदेशमा ४ लाख ६ सय ३४ जना अर्थात ४९ प्रतिशले कोभिसिल्ड, १५ लाख ६३ हजार ३१ जना अर्थात ७६ प्रतिशतले भेरोसेल र ३ लाख ८० हजार ९ सय ६९ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम राज...



















