बागमती प्रदेशको बजेट ५७ अर्ब ७२ करोड, कोरोना नियन्त्रणका लागि २ अर्ब बिनियोजन
असार, हेटौडा – बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । मंगलबार प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षका लागि ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् । बजेटमा पूँजीगत तर्फ २९ अर्व १ करोड ७७ लाख ४३ हजार रुपैयाँ, चालुतर्फ २६ अर्व १ करोड ४६ लाख २३ हजार रुपैयाँ र वित्तीय तर्फ २ अर्व रुपैयाँ विनियोजन गरिएको छ । बजेटमा कोरोना नियन्त्रण...


















